समाचार

नवजात शिशुको हत्या गरेको आरोपमा आमा पक्राउ

arrast

२० चैत, पर्वत । जिल्ला प्रहरी कार्यालय कास्कीले आफैले जन्माएको ४२ दिनको छोराको हत्या गरेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार बागलुङको ढोरपाटन नगरपालिका–३ घोसाखानी स्थायी घर भई हाल कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षिया गीता कुँवरलाई पक्राउ गरिएको हो ।

उनलाई बिहीबार बिहान पक्राउ गरिएको हो । उनले छोरोको हत्या गरेको बारेमा कर्तव्य ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याथ थप गरेर अनुसन्धान भइरहेको उनले बताए । ‘महिलाले जन्माएको बच्चाको हत्या गरेको सूचना पाएपछि महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएका छौँ’ डिएसपी हमालले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस