समाचार

अर्घाखाँचीमा जिप दुर्घटना, एक जना घाइते

accident

२० चैत, बुटवल । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा एक जना घाइते भएका छन् । सालझण्डीबाट सन्धीखर्क आउँदै गरेको लु २ च १८९७ नम्बरको जीप पाणेनी गाउँपालिका–२ रजौसा भन्ने स्थानमा दुर्घटना भएको हाे ।

जिल्ला प्रहरी कार्यालय सन्धीर्कका सूचना अधिकृत प्रहरी निरीक्षक सुजन शाहका अनुसार उक्त जीपमा जम्मा ३ जना सवार थिए । जसमध्ये छत्रदेव गाउँपालिका–८ घर भएका ३७ बर्षीय चालक वसन्त श्रेष्ठ घाइते भएको बताइएको छ ।

अन्य दुई जनाको स्वास्थ्य अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण र अन्य विवरण खुलिसकेको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *