समाचार

बैतडीमा भेटियो दोस्रो फलाम खानी

khani Utkhanan

२१ चैत, काठमाडौं । बैतडीमा दोस्रो फलामखानी भेटिएको छ ।

पुरचौडीपछि सिगास गाउँपालिका–१, सुगरखालमा फलामखानी भेटिएको हो । सिगासा गाउँपालिका–१ को सुगरखाल, दाब र जुकेपानी नजिक लोहारपानीमा फलामखानी भेटिएको वडाध्यक्ष गगनसिंह धामीले बताए ।

फलामखानी भएको स्थान पाटन नगरपालिकाको खोड्पेबाट एक घण्टाको दूरीमा रहेको छ । जयपृथ्वी मार्गको वृन्द्रावनबाट आधा घण्टामा खानी नजिक पुग्न सकिन्छ । फलाम भएको स्थानमा मेसिनले खन्दा राम्रो सम्भावना देखिएको सुभम मिनिरल्स प्राइभेट कम्पनीका श्याम अधिकारीले बताए ।

अधिकारीले भने, “८० प्रतिशतसम्म  फलाम भेटिएको  छ । विस्तृत अध्ययन भइरहेको छ । बिजुलीबत्ती र बाटोघाटो नहुँदा भौगोलिक कठिनाइ  छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *