मुख्य समाचार

१६५ निर्वाचन क्षेत्रमा एकसाथ सडक शिलान्यास गर्दै प्रधानमन्त्री ओली

KP Oli

२१ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विभिन्न १६५ वटा सडक शिलान्यास गर्ने भएका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममार्फत एकैसाथ १६५ वटा सडकको शिलान्यास गर्न लागेका हुन् ।

बालुवाटारबाट बिहान ११ बजे डिजिटल स्वीच थिचेर प्रधानमन्त्री ओलीले सडक शिलान्यास गर्ने कार्यक्रम तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले जानकारी दिए । सडक तीनवर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको सचिव श्रेष्ठको भनाइ छ । सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ ।

‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिसमा सडक निर्माण तय गरिएको हो । यो कार्यक्रम चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रम अन्तर्गत भएको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस