मुख्य समाचार

घाँस काट्न गएका दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला

suicide

२१ चैत, सुर्खेत । पञ्चपुरी नगरपालिका-६ बाबियाचौरमा बस्दै आएका दुई जना दिदिबहिनी झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

१४ र १५ वर्षीय दिदीबहिनी झुण्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । घर्तीका अनुसार उनीहरु बिहान ८ बजे घरबाट घाँस काट्न नजिकैको जंगलमा गएका थिए ।

त्यहीँ ११ बजे झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्दै आएको पनि घर्तीले बताए । ‘दुईजना बालिकाहरू आफ्नो सानीआमा (आमाको बहीनी) कमला बादीको घरमा बसेर पढ्दै आएका रहेछन्’ घर्तीले भने, ‘बिहान घाँस काट्न भनेर जंगल गएका उनीहरूलाई झुण्डिएको अवस्थामा स्थानीयहरूले देखेका रहेछन् ।’

स्थानीयले दुई बालिकालाई झुण्डिएको अवस्थामा भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमार्टमको लागि प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी घर्तीले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *