मुख्य समाचार

भारतमा २४ घण्टामा ८९ हजार बढी संक्रमित भेटिए, एकैदिन ७१३ संक्रमितको मृत्यु

covid 19 india

२१ चैत, काठमाडौं । भारतमा कोरोना संक्रमणको स्थिति भयावह हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा ८९,०१९ नयाँ संक्रमित भेटिएका छन् । यसको तुलनामा ४४,१७६ संक्रमित निको भइसकेका छन् जबकी यो महामारीमा ७१३ को मृत्यु भएको छ ।

सक्रिय संक्रमित अर्थात् उपचार गरिरहेका बिरामीको संख्यामा ४४,१२३ को वृद्धि भएको छ । यसअघि १६ सेप्टेम्बरमा सबैभन्दा धेरै ९७,८६० बिरामी भेटिएका थिए । त्यसपछि यो आँकडा कम हुन सुरु भएको थियो ।

देशमा हालसम्म १.२४ करोड मानिस यो महामारीको चपेटमा आएका छन् । करिब १.१५ करोड निको भइसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस