
२१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीनामा माग्नेहरुलाई जवाफ फर्काएका छन् । काँग्रेससहित नेकपा माओवादी केन्द्रले ओलीको राजीनामा मागिरहेको सन्दर्भमा उनले यस्तो जवाफ फर्काएका हुन् ।
शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले भने, ‘राजीनामा आज मागिएको होइन्, मागिएको मागियै छ । मागैपिच्छे म कसरी दिनसक्छ ? एउटाले माग्दैन, ‘एकदिन माग्दैन, दुईदिन माग्दैन, माग्या छ माग्या छ । ए बाबा, हटाउ न , समर्थन फिर्ता लिइदेउ भन्छु, त्यो पनि लिँदैनन् । अनि राजीनामा माग्छन् । राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न ।’
प्रतिक्रिया दिनुहोस