
२१ चैत, सुर्खेत । सुर्खेतको वीरेन्द्र नगरस्थित काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी भएको छ । आगलागी दिउँसो करिब १ बजेदेखि शुरु भएको स्थानीयले बताएका छन् ।
आगलागी भएदेखि स्थानीयले पटक–पटक स्थानीय प्रशासनलाई जानकारी गराएको भएपनि स्थानीय प्रशासनले खासै चासो नदिएको स्थानीय मनोहर गौतमले जानकारी दिएका छन् । आगलागी हुँदा काँक्रेविहार क्षेत्रमा रहेका जनावरहरुको भागाभाग भएको छ।
प्रतिक्रिया दिनुहोस