समाचार

सेती नदीमा डुबेर युवकको मृत्यु

missing in river

२१ चैत, डोटी । डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो एक युवकको मृत्यु भएको छ ।

सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनीयर पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय दिपेन्द्रसिंह धाँमीको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

शिखर नगरपालिका–२ मुडेगाउँको कालागाड नजिकै रहेको धार्मिकस्थल सालमुनिमा पूजामा गएको समयमा सेती नदीमा पौडी खेल्ने क्रममा नदीभित्रको हिलोमा अड्किएर धाँमीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *