
२१ चैत, काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल/माधव नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले सरकार गठनमा एमालेले जे निर्णय गर्छ त्यही मान्य हुने बताएका छन् ।
कलंकीस्थित एक पार्टी प्यालेसमा खनाल–नेपाल पक्षीय स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘सरकार गठनमा एमालेले जे निर्णय गर्छ, हामी त्यही मान्छौँ । हामीलाई माओवादी केन्द्रसँग जोडेर नहेर्नुस् ।’
काँग्रेस, माओवादी केन्द्र र जसपाले आ–आफ्नो निर्णय गर्ने भन्दै आफूहरु पार्टी एकता जोगाउने पक्षमा रहेको बताए । ‘नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाले सरकारबारे आ–आफ्ना निर्णय गर्लान्, हामी आफ्नो पार्टी एकता जोगाउने विषयमा केन्द्रित छौं,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस