मुख्य समाचार

राष्ट्रपति भण्डारी र नेकपा नेता खनालबीच भेटवार्ता : मिलेर जान राष्ट्रपतिकाे सुझाव

bhandhri khanal

२१ चैत, काठमाडौं ।  नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ नेता झलनाथ खनाललाई पार्टी एकता जोगाउन आग्रह गरेकी छन् । शनिबार नेता खनालको निवास डल्लुमा राष्ट्रपति भण्डारी र खनालबीच करिव एक घण्टासम्म भएको भेटवार्तामा उनले यस्तो आग्रह गरेकी हुन् ।

भेटवार्तामा राष्ट्रपति भण्डारीले नेता खनालको स्वास्थ्य अवस्थाबारे चासो राख्दै नेकपा एमालेभित्र देखिएको विवादबारे चिन्ता प्रकट गरेकी थिइन् । ‘लोकतन्त्र बलियो बनाउन पार्टीहरू पनि बलियो हुनुपर्छ । सबै पार्टी बलिया भएमात्रै लोकतन्त्र जोगिन्छ । एकीकृत पार्टी पनि नटुटोस्, सकेसम्म मिलेर जानुस्’, खनाललाई राष्ट्रपति भण्डारीको आग्रह छ ।

भेटपछि नेता खनालले राष्ट्रपति भण्डारी आफ्नो निवासमा आएर समसामयिक विषयमा कुराकानी गरेको जानकारी दिए । ‘राष्ट्रपति​ आउनुभयो । मलाई खुसी लागेको छ । मैले हार्दिक स्वागत गरे । भलाकुसारी गर्यौं । वर्तमान अवस्थाबारे कुराकानी र चिन्ता चासो प्रकट भए’, खनालले भने, ‘उहाँको चिन्ता पार्टी आन्दोलन एकतावद्ध भएर जावस्, लोकतन्त्र सुदृढ होस् भन्ने देखियो । ’

भेटमा नेता खनालले आफ्नो स्वास्थ्य सामान्य नै रहेको भन्दै आफ्नो स्वास्थ्य भन्दा देशको बढी चिन्ता रहेको राष्ट्रपतिलाई जानकारी गराएका थिए । ‘मेरो स्वास्थ्य सामान्य छ । मेरो जीवन नाफाको जीवन हो । मलाई चिन्ता धेरै पार्टीको छ ।

पार्टीमा समस्या उत्पन्न भएको अवस्थामा आउनुभएको छ । सबै पार्टी बलिया भए भने लोकतन्त्र बलियो हुन्छ भन्ने कुरामा तपाई पनि जानकार हुनुहुन्छ’, राष्ट्रपतिसँग भएको छलफलबारे खनालले जानकारी दिए । राष्ट्रपति भण्डारीले इतिहासविद् महेशराज पन्तको घरमा जाने क्रममा नेता खनालसँग भेटघाट गरेकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *