२२ चैत, काठमाडौं । लागुऔषध तस्करीका लागि तस्करहरू नयाँ–नयाँ उपाय अपनाउन थालेका छन् ।
पछिल्लोपटक खाना पकाउने ग्याँस सिलिन्डरभित्र लुकाएर पनि लागु औषध तस्करी गर्ने गरेको खुलासा भएको हो । प्रहरीले ग्याँसमा लुकाएर लागुऔषध तस्करी गर्ने दुई जनालाई काठमाडौंको फर्पिङबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्जको जगनाथपुर घर भएका तेजामनु गद्दी र अब्दुल्लाह गद्दी छन् । वीरगञ्जबाट काठमाडौं आउँदै गरेका उनीहरुले बा।३६ प ७१३७ नम्बरको मोटरसाइकलमा सिलिन्डरभित्र लागु औषध ल्याएका थिए ।
प्रहरीले सिलिन्डरबाट ५ सय ६८ एम्पुल डाईजेपाम, ५ सय ७७ एम्पुल फेनारगन र ५ सय ७१ एम्पुल नुर्फिन बरामद गरेको छ । ७ केजी ग्यास अट्ने सानो सिलिन्डरको पिँध काटेर लागु औषध लुकाएर काठमाडौं ल्याएको प्रहरी जनाएको छ ।
प्रतिक्रिया दिनुहोस