बागमती प्रदेश

निःशुल्क स्वास्थ्य शिविरबाट १६ सय बिरामी लाभान्वित

Sibir

२२ चैत, काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–६ मा शनिवार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ६ सय भन्दा बढी विरामी लाभान्वित भएका छन् ।

कुमारी बैंकको २० औं बार्षिकोत्सवको अवसर पारेर पाँचपोखरी थाङ्पाल गाउँपालिका र काठमाडौं मेडिकल कलेजको सहकार्यमा शिविर आयोजना गरिएको हो ।

स्थानीय थाङ्पाल माध्यमिक विद्यालयमा आयोजित शिविरमा १ हजार ६ सय ४४ जना विरामीको निःशुल्क उपचार गरिएको काठमाडौं मेडिकल कलेजका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

Sibir1

शिविरमा २ सय ६४ जनाको भिडियो एक्सरे, २ सय ९ जनाको ल्याब टेष्ट र १ सय ९८ जनाको इसीजी गरिएको छ । त्यस्तै, ६४ जनाको दाँत फुकालिएको आयोजकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस