पर्यटन

चोभारको हुप्पी ल्यान्ड पुनः सञ्चालनमा

Whoopeeland

२२ चैत, काठमाडौं । काठमाडौंको चोभारमा रहेको हुप्पी ल्यान्ड सञ्चालनमा आएको छ । सानासाना केटाकेटीदेखि लिएर वृृद्धवृद्धाले रुचाएको रमणीय स्थलको रूपमा रहेको हुप्पी ल्यान्ड कोरोनाका कारण एक वर्षदेखि बन्द रहेको थियो । उक्त स्थान चैत्र १४ गते शनिबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको जनाइएको छ ।

एक अर्बभन्दा बढीको लागतमा स्थापना भएको उक्त ठाउँ कोभिड-१९ का कारण सञ्चालनमा आउन सकेको थिएन । सरकारले स्वास्थ्य मापदण्ड पालना गराउँदै व्यवसायहरू सञ्चालन गर्न अनुमति दिएपछि हुप्पी ल्यान्ड पनि सबै स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरूपमा लागू गर्दै सञ्चालनमा आएको प्रबन्ध निर्देशक सुदन बस्नेतले जानकारी दिएका छन् ।

उनले भने, ‘हामीले विभिन्न ठाउँमा सेनिटाइजरको व्यवस्था गर्नुका साथै हातधुने र तापक्रम नाप्ने लगायतका सबै मापदण्ड पूरा गरेर यो पार्क सञ्चालनमा ल्याएका हौं ।’ पार्कमा स्वदेशी तथा विदेशी व्यक्तिहरूले रमणीय दृश्यावलोकन गर्न पाउनुका साथै खेल्ने व्यवस्था पनि गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस