मुख्य समाचार

४३ लाख र ९ वटा छड्के तिलहरीसहित नागढुंगाबाट एक जना पक्राउ

chor

२२ चैत, काठमाडौं ।  काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगाबाट प्रहरीले ४३ लाख नगद र सुनका गहना सहित एकजनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेक पोइन्टबाट दाङ तुलसीपुर उपमहानगरपालिका-५ का ३७ वर्षीय सन्दीप कौशललाई शनिबार प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

तुलसीपुरबाट काठमाडौं आएको प्रदेश नम्बर ३-०१-००-६ ख ०९१२ नम्बरको बसभित्रको प्यासेजमा टेपले र्‍यापिङ गरेको कार्टुन प्रहरीले फेला पारेको थियो । कार्टुनभित्र प्रहरीले हेर्दा छड्के तिलहरीको पोते नौं वटा र ४३ लाख नगद फेला पारेको थियो । त्यसपछि प्रहरीले सो रकम र ९ थान छड्के तिलहरीसहित कौशललाई पक्राउ गरेको हो ।

उनले उक्त रकमको स्रोत खुलाउन सकेका थिएनन् । उनीमाथि महानगरीय प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस