समाचार

काठमाडौं उपत्यकामा बढ्न थाल्यो कोरोना संक्रमण

jageshwor gautam

२२ चैत, काठमाडौं । भारतमा कोरोनाभाइरस संक्रमित बढेसँगै नेपालमा केही दिनयता संक्रमण बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ९९ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा संक्रमितको दर पनि बढेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १ सय ७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ८७, भक्तपुरमा ४ र ललितपुरमा ८ जनालाई संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ११७ जना संक्रमणमुक्त भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस