कर्पोरेट

एनआईसी एशिया बैंकद्वारा धरान उपमहानगरपालिकाको तरकारी बजारमा क्यूआर कोड वितरण

nic aisa qr code

२२ चैत, काठमाडौं । एनआईसी एशिया बैंकले धरान उप नगरपालिकामा अवस्थित भानु चोकमा रहेको तरकारी बजारमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफूल, कपडा लगायतका सामग्री खरिद गर्न सकिने पसलहरूमा क्यूआर कोड वितरण गरेको छ ।

उक्त क्यूआर कोडको वितरण नेपाल राष्ट्र बैंकको प्रदेश १ का निर्देशक सत्येन्द्र तिमिल्सिना, धरान उपमहानगरपालिका प्रमुख तिलक राई, धरान संयुक्त बजार एकता संघका अध्यक्ष राम कुमार दास र यस बैंकका प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारीले एक कार्यक्रमका बीच संयुक्त रुपमा गरे ।

बैंकको मोबाइल बैंकिङ्ग फोन–पे प्रणालीमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले मोबाइल बैंकिङ्ग एप/वालेट मार्फत यस बैंकले उपलब्ध गराएको क्यूआर कोडमा स्क्यान गरी रकम बिक्रेतालाई भुक्तानी गर्न सकिनेछ र सो रकम सम्बन्धित बिक्रेताको बैंकमा रहेको खातामा जम्मा हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकले निकट भविष्यमा सो क्षेत्रका यातायात, खाद्य स्टोर लगायत अन्य व्यवसायीक क्षेत्रहरूलाई समेत क्यूआर भुक्तानी प्रणालीमा समावेश गर्दै लैजाने लक्ष्य लिई डिजिटल कारोबारलाई द्रुत गतिमा अगाडी लैजानका लागि आवश्यक योजना अगाडी सारेको छ । बैंकले हालसम्म देशभर ४१ हजार भन्दा बढी क्यूआर मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस