मुख्य समाचार

भारतको छत्तीसगढमा नक्सलवादीको आक्रमण, २२ सुरक्षाकर्मीको मृत्यु

naxlabadi

२२ चैत, काठमाडौं । भारतको नक्सल प्रभावित राज्य छत्तीसगढको विजापुर जिल्लामा माओवादी र सुरक्षाकर्मी बीच भएको भिडन्तमा परी २२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार २२ जना सुरक्षाकर्मीको मृत्यु र ३१ जना सुरक्षाकर्मी घाइते भएका छन् । यस्तै एकजना सुरक्षाकर्मी भने सम्पर्कविहीन रहेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

शनिबार घटनास्थलबाट पाँच सुरक्षाकर्मीको शव फेला परेको थियो भने आइतबार घटनास्थल वरपर १७ जनाको शव फेला परेको हो ।

सुरक्षाकर्मी र माओवादीबीच त्यहाँ ४ घन्टासम्म दोहोरो फायरिङ भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । छत्तीसगढ राज्यको राजधानी रायपुरबाट ४०० किमि टाढा रहेको विजापुरमा उक्त घटना भएको हो । भिडन्तपछि नक्सलवादीहरुले करिब २ दर्जनभन्दा बढी हतियार पनि लुटेको सञ्चारमाध्यमहरूको दाबी छ ।

विजापुर र सुकमा जिल्लामा विभिन्न सुरक्षा निकायका करिब २ हजार सुरक्षाकर्मी सम्मिलित टोलीले त्यहाँको नक्सलवादी विरुद्ध अप्रेसन सुरु गरेको थियो । सोही क्रममा माओवादीले एम्बुस गरेर आक्रमण गरेपछि भिडन्त सुरु भएको बताइएको छ ।

गत साता नारयानपुर जिल्लामा माओवादीले २७ सुरक्षाकर्मी सवार गाडीमा आक्रमण गर्दा ५ जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएपछि सुरक्षाकर्मीको संयुक्त टोलीले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस