
२२ चैत, ललितपुर । ललितपुर महानगरपालिका–१५ स्थित खुमलटारमा रहेको एक गेष्ट हाउसमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।
ललितपुर महानगरपालिका–१५ स्थित खुमलटारमा रहेको एक गेष्ट हाउसमा शुक्रबार साँझ दुईजना मिलेर १७ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेका हुन् । बलात्कार गरेको आरोपमा जुम्ला घर भएका १९ वर्षीय धीरेन्द्र रोकाया र कैलालीका २६ वर्षीय सीताराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बलात्कारमा संलग्न आरोपी सो गेष्ट हाउसका कामदार हुन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस