मुख्य समाचार

मंंगलग्रहमा दुई ठूला भूकम्पको झट्का

mars earthquakes

२२ चैत, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को इनसाइट ल्याण्डरले गत महिना मंगल ग्रहको सतहमा दुई ठूला भूकम्प रेकर्ड गरेको छ । मिशन कन्ट्रोलका अनुसार भूकम्पको तीब्रता ३.३ तथा ३.१ रेक्टर स्केल मापन गरिएको थियो ।

भूकम्प  मंगलग्रहको सर्बरस फोस्सै क्षेत्रमा गएकाे मिशन कन्ट्रोलले जानकारी दिएकाे छ । एउटा भूकम्प  चन्द्रमामा आउने जस्तो थियो भने अर्को पृथ्वीमा आउने जस्तो रहेकाे बताइएकाे छ ।

नाशाका अनुसार सन् २०१८ को नोभेम्बरमा मिशनको प्रारम्भमा नै  ३.६ र ३.५ रेकर्ड भूकम्प महसुस गरिएको थियाे । ल्याण्डर मंगलग्रहकाे सतहमा ओर्लिएपछि हालसम्म पाँचसय भन्दा बढी भूकम्पको धक्का रेकर्ड गरिएकाे छ ।

नासाका अनुसार मंगलग्रहमा पृथ्वीमा जस्तो टेक्टोनिक प्लेट हुँदैन तर, यो ठाउँ ज्वालामूखीले सक्रिय क्षेत्र हो जसका कारण यहाँको सतहमा कम्पन आउने गर्छ । इनसाइट टीमले यी भूकम्पको अध्ययन गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस