मुख्य समाचार

अब एसिड प्रयोग गर्ने उद्योगका लागि गृहमन्त्रालयको अनुमति अनिवार्य

griha mantralaya

२२ चैत, काठमाडौं । औद्योगिक प्रयोजनका लागि तेजाब तथा अन्य घातक रासायनिक पदार्थको आयातमा सरकारले कडाइ गर्न थालेको छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७ तथा तेजाब तथा अन्य घातक पदार्थ (नियमन) नियमावली २०७७ स्वीकृत भएसँगै कानूनी व्यवस्थाअनुरुप त्यसको आयात तथा प्रयोगमा कडाइ गर्न थालिएको हो ।

यसअघि फितलो कानूनी व्यवस्था भएकाले अनुगमनको अभावमा खुलमखुला बिक्री वितरण हुँदा अध्यादेशमार्फत कडा कानूनी व्यवस्थासहित त्यसलाई लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । सोही कानूनी व्यवस्थाअनुसार औद्योगिक प्रयोजनका लागि आ–आफ्नो उद्योगमा वार्षिक योजनाअनुसार के, कति परिमाणमा, केकस्तो रसायन आवश्यक पर्दछ सोको स्पष्ट विवरणसहित सात दिनभित्र शाखामा आइपुग्ने गरी विवरण पेश गर्न गृह मन्त्रालयले अनुरोध गरेको छ ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थको उत्पादन निकासी, पैठारी, भण्डारण, ओसारपसार, बिक्री वितरण, प्रयोग तथा विसर्जन कार्यलाई नियमनका लागि उक्त व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ ।

Griha Acid

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *