कर्पोरेट

स्थानीय तयारी पोशाक निर्माताहरुलाई नबिल बैंकले मझौला कर्जा दिने

nabil bank aggrement

२२ चैत, काठमाडौं । नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ बीच सम्झौता भएको छ । बैंक र संघ बीच स्थानिय तयारी पोशाक उत्पादन व्यवसायीहरुलाई विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका एस.एम.ई. तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत र संघका अध्यक्ष किशोर नेपालले हस्ताक्षर गरे । साझेदारी पछि प्रमुख बस्नेतले स्थानीय तयारी पोशाक निर्माताहरुलाई व्यवसाय बढाउन आवश्यक साना तथा मझौला कर्जा लगायत बिभिन्न प्रकारका बैंकिङ्ग सुविधा उपलब्ध गराउने बताए ।

स्थानिय तयारी पोशाक उत्पादन संघका अध्यक्ष नेपालले आयात प्रतिस्थापन गरी स्वदेशी वस्तुमा आत्मनिर्भर हु“दै जाने क्रममा स्वदेशी उत्पादन एउटा ठूलो सम्भावना भएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस