समाचार

अज्ञात समूहले विद्यालयमा लगाएको ताला प्रहरीले तोड्यो

tala

२३ चैत, हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मष्टादेव प्राविमा लगाइएको ताला प्रहरीले तोडेपछि पठनपाठन सञ्चालनमा आएको छ । बिदाको समयमा सबै कोठामा विद्यालयले ताला लगाएको भए पनि अज्ञात समूहले थप एक एक ताला लगाएको जनाइएको छ ।

गाउँटोल नजिकै भएकाले बेला बेलामा हेर्दा शनिबारसम्म ताला नलगाएको भए पनि शनिबार राति वा आइतबार बिहान कुन समयमा र कसले लगायो भन्ने जानकारी नहुँदा प्रहरीलाई खबर गरेको वडा नं २ का वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ, शिक्षक र गल्फागाड प्रहरीचौकी श्रीनगरको टोलीको रोहवरमा ताला तोडिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस