कर्पोरेट

ग्लोबल आइएमईको डिबेन्चर ‘ओभर सब्स्क्राइब’

rinpatra

२३ चैत, काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले जारी गरेको डिबेन्चर ओभर सब्स्क्राइब भएको छ । बैङ्कले गत चैत्र १ गते ग्लोबल आइएमई बैङ्क डिबेन्चर २०८६/८७ निष्काशन गरी बिक्री खुला गरेको थियो ।

बैङ्कले ३ अर्ब रुपैयाँ बराबरको १,००० प्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । ऋणपत्र निष्काशन तथा बिक्री चैत्र १६ गतेसम्मका लागि तोकिएको थियो ।

बैङ्कद्वारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत व्याज दर रहेको छ भने अर्धवार्षिक रुपमा व्याज भुक्तानी हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *