मुख्य समाचार

संसद बैठकअघि सभामुख र प्रमुख सचेतकहरुबीच छलफल हुँदै

agni sapkota

२३ चैत, काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकअघि सभामुख अग्नि सापकोटाले सवा १२ बजे प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्ने तयारी गरेका छन् ।

प्रत्येक बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा सभामुखले प्रमुख सचेतक तथा सचेतकहरुसँग बैठक सञ्चालनबारे सामान्य छलफल गर्ने परम्परा रहेको छ । दलका नेताहरुसँगको छलफलपछि कार्यसूचीमा उल्लेख नगरिएको विशेष समय र शून्य समयको व्यवस्था हुनसक्ने संघीय संसदका कर्मचारीहरुले बताएका छन् ।

सोमबारको बैठकमा संसदीय समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक कार्यसूची पेश गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै प्रधानमन्त्रीका तर्फबाट केपी शर्मा ओलीका तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने तय भएको छ ।

यसैगरी सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेश गर्ने, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जनाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *