२३ चैत, काठमाडौं । नेपाल प्रहरीले बौद्धबाट फागुन २८ मा बरामद गरिएको साढे २ केजी युरेनियमको अनुसन्धान पूरा गरेको छ । प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हाे ।
महानगरीय प्रहरी कार्यालयको टोलीले बौद्धबाट बरामद युरेनियमसहित चार जनालाई पक्राउ गरेको थियो । रामेछाप घर भएकी जानुका तामाङको घरमा सो युरेनियम करिब २५ बर्षदेखी लुकाएर राखिएको र भारको खानीमा काम गर्दा जानुकाको ससुरा अमर लामाले युरेनियम ल्याएको प्रहरीले अनुसन्धानबाट निष्कर्ष निकालेको छ ।
विष्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर शुरु अनुसन्धान गरेको प्रहरीले आरोपीहरुविरुद्ध ‘रेडियोधर्मी पदार्थ नियमित र निषेध गर्ने ऐन–०७७’ अनुसार अदालतमा मुद्दा लैजान सरकारी वकिललाई राय दिएको छ ।
प्रतिक्रिया दिनुहोस