
२३ चैत, काठमाडौं । ९२ वर्षिय निर्देशक तथा निर्माता हेमबहादुर लामा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् । नेपाल चलचित्र निर्देशक समाजले आफ्नो १३ औं वार्षिक साधारण सभाको अवसर पारेर लामालाई सो सम्मान दिएको हो ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, चलचित्र निर्देशकहरु युवराज लामा, रमेश बुढाथोकी, प्रकाश सायमी, नारायण पूरीलगायतले लामालाई सम्मान गरेका थिए ।
त्यसैगरी युवा चलचित्र निर्देशकमा ऋषि लामिछानेलाई सम्मान गरिएको छ भने लोकप्रिय निर्देशकमा दीपाश्री निरौलालाई सम्मान गरिएको छ । निर्देशक समाजको विगतदेखि वर्तमानसम्मको वृत्तचित्र प्रदर्शन गरेर सुरु भएको कार्यक्रम निर्देशक समाजले अक्षय कोषको समेत घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस