विश्व/प्रवास

इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो

Indonesia Flood

२३ चैत, काठमाडौं । इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको त्यहाँको प्रशासनले जनाएको छ ।

सोमबार बिहान इनडोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले देशको पूर्वी क्षेत्रस्थित नुसा टेंगरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको पुष्टि गरे । यहाँ आइतबार प्राकृतिक बाढी र प्रकोपको घटना भएको बताइएको छ ।

बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ । त्यस्तै बाढी र पहिरोमा परी केही व्यक्ति बेपत्ता पनि भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *