समाचार

हेटौंडामा दुई मोटरसाइकल दुर्घटना, एक किशोरको मृत्यु

bike accident

२३ चैत, मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१० का निवासी उनको आज उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

साथै सोही दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौंडामा उपचार भइरहेको  प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । गएराति हेटौंडाको बुद्ध चोकबाट कर्रातर्फ जाँदै गरेको ना४९प ६२२३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४१प ६४३६ नंको मोटरसाइकल भुटनदेवी मोडमा एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरु हेटौंडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम लामा रहेको बताइएको छ । उपचारपछि रुम्वालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *