कर्पोरेट

मुक्तिनाथ विकास बैंकको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

muktinath debenture

२३ चैत, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जारी गरेको ऋणपत्र (डिबेन्चर) बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ ।

बैंकले १ हजार अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर २०८४/८५’ निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

डिबेन्चर बिक्री प्रबन्धक सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटलका​ प्रमुख कार्यकारी अधिकृत भीष्म राज चालिसेले हस्ताक्षर गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस