मुख्य समाचार

‘बालुवाटारबाट स्वीच थिचेर देशभरका सडककाे शिलान्यास गर्ने अ‍ाेलीकाे काम नौटङ्की नै हो’

Rangamati Shahi

२३ चैत, काठमाडौं । सांसद रंगमति शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले तयारीविनै बालुवाटारबाट १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक शिलान्यास गर्नुलाई नौटंकीको संज्ञा दिएकी छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको शुन्य समयमा आफ्नो धारणा राख्दै काँग्रेस सांसद शाहीले अति महत्त्वपूर्ण विधेयकहरु थन्किएको, कर छल्नेको घरमा पार्टी कार्यलय राख्ने, संसदले महिला हिसंशाविरुद्धको विधेयक ल्याउन नदिएको भनेर प्रधानमन्त्रीले ढाँट्ने गरेको पनि बताइन् ।

‘तयार नै नगरी बालुवाटारबाट स्वीच थिचेर सडक शिलान्यास गर्नुहुन्छ प्रधानमन्त्री ज्यु यो त नौटंकी नै हो’, सांसद शाहीको भनाइ छ ।  उनले संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरवारमा आउन डराएको र बालुवाटार पनि सरकारी निवास नै भएकाले बालकोटमै गएर राज गर्दा राम्रो हुने सुझाव दिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस