मुख्य समाचार

आगलागी पीडितहरुलाई तत्काल आवास र दैनिक आवश्यकताको व्यवस्था गरियोस्: योगेश भट्टराई

yogesh bhattarai

२३ चैत, काठमाडौं । एमाले नेता तथा सांसद योगेश भट्टराइले ताप्लेजुङमा भएको आगलागी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै भट्टराईले ताप्लेजुङको दोभान लगायतका स्थानमा ५२ भन्दा बढी घर जलेर नष्ट भएको भन्दै पीडितहरुलाई तत्काल आवास र दैनिक आवश्यकताको व्यवस्था गर्न र तथा भौतिक पूर्वाधारको व्यवस्था गर्न संसदमार्फत सरकारको ध्यानकर्षण गराए ।

उनले ताप्लेजुङमा केही वर्षभित्रै ५ पटकभन्दा बढी आगलागी भएको जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस