कर्णाली प्रदेश

मंगलबार कर्णालीका तीन मन्त्रीले राजीनामा दिदै

karnali prades

२३ चैत, काठमाडौं । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले भोलि मंगलबार मात्र राजीनामा दिने भएका छन् । आइतबार बसेको एमाले संसदीय दलको बैठकले सोमबार राजीनामा दिने भनिए पनि मन्त्रीहरुले मंगलबार राजीनामा दिने बताएका छन् । मंगलबार पत्रकार सम्मेलननै गरेर राजीनामा दिने र पार्टीको बैठकमा सहभागी हुने सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।

राजीनामा दिने मन्त्रीहरुमा आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रहेका छन् ।

यसअघि नै एमालेले कर्णालीमा एकल सरकार बनाउन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग गरिसकेको छ । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेकाले मन्त्रीहरुले राजीनामा दिन लागेका हुन् । यसअघि आइतबार बसेको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तीनैजना मन्त्रीलाई तत्काल राजीनामा गर्न निर्देशन दिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस