
२३ चैत, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्यामा ह्वात्तै बृद्धि भएको छ । यसअघि हरेक दिन २ सयभन्दा संक्रमित फेला परिरहेको बेला सोमबार एकै दिन २६६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हाे ।
यसमध्ये सबैभन्दा बढी काठमाडौंमा ९८, चितवनमा ३७, लतिलपुरमा २६ र भक्तपुरमा १३ जना रहेका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ । यस अवधिमा १०२ जना निको भएर डिस्चार्ज भएका छन् ।
नेपालमा निको हुने दर ९८.३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३०३६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस