समाचार

सनराइज बैंकको सहयोगमा विरगंजमा निःशुुल्क आँखा शिविर

sunraise sibir

२३ चैत, काठमाडौं । सनराइज बैंक विरगंज शाखाको सहयोगमा विरगंजमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । लायन्स क्लब विरगंजद्वारा सनराइज बैंक र केडिया आई अस्पतालको सहयोगमा विरगंज परसौनिमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको हो ।

सो शिविरका लागि बैंकले लायन्स क्लब विरगंजलाई १ लाख ८० हजार आर्थिक सहयोग गरेको छ । शिविरमा २ सय ५० जनाको आँखा परिक्षण गरेकोमा १०० जनाको आँखामा समस्या देखिएको थियो । उक्त शिविरमा अस्पतालको ७ जना टोलीले सेवा प्रदान गरेका थिए ।

समस्या देखिएका १०० जनाको समेत निशुल्क उपचार हुने बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस