समाचार

चोरीका सात वटा मोटरसाइकल बरामद

bike

२३ चैत, कञ्चनपुर । कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले आज चोरीका सात वटा मोटरसाइल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार बरामद मोटरसाइल रु सात लाख २५ हजार मूल्य बराबरका रहेका छन् ।

नक्कली नम्बरप्लेट राखेर चलाउँदै आएका व्यक्तिबाट मोटरसाइल बरामद गरिएको उनले बताए । चोरीको मोटरसाइल चढ्ने फरार रहेकाले प्रहरीले खोजी कार्य गरी रहेको छ ।

बरामद चोरीका मोटरसाइकल आवश्यक कारवाहीका लागि आज भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस