
२३ चैत, काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले आफ्ना ग्राहकलाई लक्षित गरी नयाँ वर्षे विशेष योजना ल्याएको छ । दराजले आगामी चैत २९ गतेदेखि नव वर्षको भव्य सेल- दराज नव वर्ष २०७८ सुरु हुने घोषणा गरेको छ ।
नयाँ वर्षको शुभ-अवसरलाई लिएर आफ्ना ग्राहकहरुलाई आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडी गो जित्ने अवसर लिएर आएको दराजले जनाएको छ ।
दराज नव वर्ष २०७८ को प्रमुख आकर्षणहरू मध्ये एक पेमेन्ट पार्टनर छुट रहेको छ जसमा ग्राहकहरुले सिमित डेबिट र क्रेडिट कार्डबाट पेमेन्ट गर्दा १००० देखि १५०० सम्मको छुट पाउन सक्नेछन् । दराजको पेमेन्ट पार्टनरहरुमा नबिल बैंक, सानिमा बैंक, एनएमबि बैंक, मेगा बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंक रहेका छन् ।