समाचार

तीनवटा नगरपालिकाले काठमाडौंमा एकीकृत बस्ती विकास गर्दै

basti

२४ चैत, काठमाडौं । काठमाडौंका तीनवटा नगरपालिकाले पूर्वोत्तर काठमाडाैं नयाँ सहरी विकास आयोजना गठन गरी एकीकृत बस्ती विकास कार्य सुरु गरेका छन् । काठमाडाैं उपत्यकामा अव्यवस्थित बस्ती बढ्दै जाँदा ढल, खानेपानी, सडक, फोहोर व्यवस्थापन पार्क र पार्किङ लगायतका दीर्घकालीन समस्याको अन्त्य गर्दै सुविधासम्पन्न सहर निर्माण गर्ने उद्देश्यले बस्ती विकासको काम अगाडि बढाइएको हो ।

कागेश्वरी मनोहरा, गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकाले एकीकृत बस्ती विकास कार्य सुरु गरेका हुन् । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. १, २, ३, ४ र गोकर्णेश्वर नगरपालिकाको वडा नं. १, २, ४ र शङ्खरापुर नगरपालिकाको वडा नं. ९ का २६ हजार रोपनी क्षेत्रफलको जमिनलाई ल्यान्डपुलिङ गरी एकीकृत रूपमा बस्ती विकास गर्न लागिएको हो ।

कागेश्वरी मनोहरा नगरपालिकाले कुल लागतको ५०, गोकर्णेश्वरले ३५ र शङ्खरापुर नगरपालिकाले १५ प्रतिशत लागत बेहोर्ने गरी बस्ती विकासका काम अगाडि बढाउन लागिएको कागेश्वरी मनोहरा नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।

पूर्वी काठमाडौँ, नयाँ सहरी विकास आयोजना क्षेत्रअन्तर्गत अहिले सुन्दरीजलको दक्षिण बागमती नदीको दायाँबायाँ तर्फको करिब पाँच सयदेखि छ सय रोपनी क्षेत्रफलमा जग्गा एकीकरण आयोजना सञ्चालन गर्न सम्भाव्यता अध्ययनको प्रक्रिया अगाडि बढाइएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस