समाचार

ब्युटिसियन ट्यालेण्ट चितवनको उपाधि रेश्मालाई

reshma shrestha

२४ चैत, काठमाडौं । ‘ब्युटिसियन ट्यालेण्ट चितवन–२०२१’को उपाधि सौन्दर्यकर्मी रेश्मा श्रेष्ठ कुँवरले जितेकी छन् । क्रियटिभ ईन्साईट मिडियाले आयोजना गरेको प्रतियोगितामा उनले अन्य प्रतियोगिलाई पछि पार्दै उपाधि हासिल गरेकी हुन् ।

प्रतियोगितामा फष्ट रनरअप सौन्दर्यकर्मी शारदा बराल, सेकेण्ड रनरअप शान्ति थापा भए । कार्यक्रममा भियुर्स च्वाइसको उपाधि सुप्रिना लामाले हात पारिन् । विजेता सबैले नगद पुरस्कारको अलवा बिभिन्न अवसर उपहारको रुपमा प्राप्त गरे ।

बरिष्ठ सौन्दर्यबिद्ध सोनी कारन्जित, सन्चारकर्मी सुर्य चन्द, समाजसेवी अञ्जु बुढाथोकी लगायत निर्णायक रहको प्रतियोगितामा इभेन्टका म्यानेजर कमल बराल, कोरियोग्राफर मानिस तामाङ, सहायक कोरियोग्राफीमा एलिना गुरुङ थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस