समाचार

ओखलढुंगामा चारजना सवार जिप भीरबाट खस्यो

accident

२४ चैत, काठमाडौं । ओखलढुंगाको मानेभज्याङ गाउँपालिकामा बोलेरो दुर्घटनामा परेको छ । मंगलबार दिउसो गाउँपालिका ४ केत्तुकेबाट मानेभज्याङ गाउँपालिकाको केन्द्रतर्फ जाँदै गर्दै गरेको ना १ ज ८३३२ नम्बरको बोलेरो जिप धुसुनेको जंगलमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालक चारजना गम्भिर घाइते भएका छन् । उनीहरु चारैजना अचेत अवस्थामा छन् । धुसुने जंगलबाट करिब ७ सय मिटर तल भीरमा गएर गाडी अड्किएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

मानिस डोरी बिना उद्धारका लागि जान नसक्ने भिडमा गाडी अड्किएकाले उद्धारमा ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । हालसम्म सवारी चालक भनिएका सिद्धिचरण नगरपालिका १० बेतिनीका २६ वर्षीय कमल बहादुर थापा र मानेभन्ज्याङ गाउँपालिका ४ का ५ बर्षिय डोल कुमारी मगरलाई उद्धार गरेर अस्पताल ल्याइएको छ ।

उनीहरु दुबै जना अचेत अवस्थामा रहेको र अवस्थामा समेत गम्भिर रहेकाले  थप उपचारका लागि काठमाण्डौ पठाउनुपर्ने देखिएको प्रहरी निरिक्षक शिव कट्टेलले जानकारी दिए । जीपमा रहेका अन्य दुईजना मानेभज्याङ ४ ७१ बर्षिय बिना माया मगर र सोही स्थानका टुल्की माया आले मगरको उद्धार कार्य जारी छ । उनीहरु पनि अचेत अवस्थामा रहेको प्रहरीको भनाइ छ ।

यसअघि तीनजना मृत्यु भएको खबर आएपछि अस्पतालले पुष्टि नगरेकाले अहिले भन्न नमिल्ने प्रहरी निरीक्षक कट्टेलले बताए । उक्त जीप समान लिएर मानेभन्ज्याङ गएको बुझिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस