मुख्य समाचार

बर्दियाबाट ल्याइएको नरभक्षी बाघलाई चिडियाखानामा राखियो

tiger

बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको बाघ ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ । मंगलबार बिहान काठमाडौँ ल्याइएको नरभक्षी बाघलाई चिडियाखानामा राखिएको हो ।

निकुञ्जको टोलीले बाघलाई आइतबार साँझ नियन्त्रणमा लिएको थियो । आइतबार बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणना गर्न हात्तीसहित गएका हात्तिसारमा कार्यरत कर्मचारीलाई यो बाघले आक्रमण गरेको थियो ।

घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस