कर्पोरेट

पोखरामा मेगा बैंकले शुरु गर्यो क्यूआर कोड सेवा

Mega QR Code

२४ चैत, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले पोखरामा क्यूआर कोड सेवाको शुरुवात गरेको छ । बैंकले पोखराका व्यवसायिक पसलहरूमा क्यूआर कोड वितरण गरी त्यस क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको शुरुवात गरेको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्लेढुङ्गामा रहेको घामपानी बजारका साथै लामाचौर, हेम्जाका विभिन्न स्थानमा रहेका पसलहरूबाट सामान खरिद गरेर क्यूआर कोडबाट भुक्तानी गरी क्यूआर कोड सेवाको शुभारम्भ गरे ।

योसँगै पोखराका उपभोक्ताहरूले आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेशनमार्फत सामान खरिद गरेको रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन् । नगदरहित कारोबारलाई बढावा दिने नेपाल राष्ट्र बैकको नीति बमोजिम क्यूआर कोड सेवाको विस्तारलाई तीव्रता दिइरहेको मेगा बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस