
२४ चैत, बुटवल । माओवादी केन्द्रबाट निर्वाचित लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका छन् । प्रदेश सभाको मंगलबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् ।
न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ (२) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २(२) बाट निर्वाचित भएका थिए । उनीहरुलाई एमालेमा लागेपछि पार्टीले २४ घण्टे स्पष्टीकरण सोधको थियो । तर कुनै जवाफ नफर्काएपछि पार्टीले संसदमा पत्राचार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस