
२४ चैत, काठमाडौं । काठमाडौंको कलंकीमा रहेको एक कस्मेटिक उत्पादन कम्पनी र सो कम्पनीको गोदाममा महानगरीय अपराध महाशाखा र बाणिज्य विभागको टोलीले छापा मारेको छ ।
भारतीय कालाकोला ब्राण्डको मेहन्दी र ब्राण्ड दुरुपयोग गरेर नक्कली कस्मेटिक सामाग्री बनाएर बेच्ने कम्पनी र गोदाम छापा मारिएको अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए । सक्कली कम्पनीको प्याकेटमा राखेर कमसल सामान बेच्ने ३३ वर्षीय चेतन गोयललाई प्रहरीले पक्राउ गरेको छ ।
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र महाशाखाले कलंकी स्थित उनको ३ तले घरमा रहेको कारखाना सिल गरेका छन् । सो गोदाममा १० प्रकारका कस्मेटिक सामग्री उत्पादन गरेर बेच्ने गरेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस