कर्पोरेट

शाओमी नेपालको सर्भिस सेन्टर बुटवलमा

mi butwal

२४ चैत, काठमाडौं । शाओमीले बुटवलको राम मन्दिर लाइनको सिंह कम्प्लेक्समा नयाँ आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । शाओमीले यसअघि पोखरा, नारायणघाट,नेपालगन्ज, इटहरी , धनगढी र काठमाडौंमा सर्भिस सेन्टरहरु संचालनमा ल्याइसकेको छ ।

यसै अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले बिक्री पछिको सेवा र ग्राहकको सेवाप्रति कम्पनी दृढ रहेको बताए । उनले बुटवलको नयाँ सर्भिस सेन्टरले ग्राहकहरुको जीवनलाई अझ सहज बनाउँदै शाओमीको सेवाहरुको अनुभव गर्ने अवसर प्रदान गरेको बताए । शाओमीले सर्भिस सेन्टर उद्घाटनको अवसरमा एक हप्तासम्म निःशुल्क सर्भिसिङ प्रदान गर्ने जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस