मुख्य समाचार

नेपालीलाई कोरिया खुकुलो बनाइयो

South Korea

२५ चैत, काठमाडौं । दक्षिण कोरिया सरकारले नेपालीका लागि केही खुकुलो गरेसँगै नेपाली विद्यार्थी जान पाउने भएका छन् । दक्षिण कोरियाले नेपाललाई कोरोना सङ्क्रमणको अति संवेदनशील मुलुकको सूचीबाट हटाएर संवेदनशील मुलुकको सूचीमा राखेसँगै नेपाली विद्यार्थी जान पाउने भएका हुन् ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक इन्द्रप्रसाद गौतमले नेपाललाई कोरोना सङ्क्रमणको अवस्थालाई अति संवेदनशील (रेडजोन)बाट हटाएर संवेदनशील (एलोजोन)को सूचीमा राख्नु ‘ग्रिन सिग्लन’ भएकाले खुकुलो बनाएको बताए ।

दक्षिण कोरियाको पछिल्लो सङ्केतले विद्यार्थी जान पाउने भएका छन् । उनीहरूको अवस्था हेरेर ईपीएसमार्फत जाने तयारीमा रहेका युवाको बाटो खुल्ने उनले बताए । दक्षिण कोरिया जानका लागि श्रम सम्झौता आइसकेका १२ हजार बढी छन् ।

दक्षिण कोरियाले कोरोना सङ्क्रमणको अवस्थामा नेपाललाई ‘ग्रिनजोन’ मा राखेपछि सन् २०१७, २०१८ र २०१९ मा भाषा परीक्षा उत्तीर्ण गरेर श्रम सम्झौतामा आई रोस्टरमा परेका ती सबै युवा दक्षिण कोरिया जान पाउने उनको भनाइ छ । गोरखापत्रमा खबर छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *