
२५ चैत, काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ८४ ग्राम सुनसहित एक पक्राउ परेका छन् ।
भन्सार जाँचका क्रममा प्रहरीले फ्लाई दुबईबाट आएका धनुषाका प्रसाग महरा नाम गरेका व्यति उक्त सुनसहित पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ । उनले खाना पकाउने राईस कुकरमा सुन हालेर नेपाल ल्याएका थिए ।
कुकर खोलेर हेर्दा पनि लुकाएको पत्ता नलाग्ने गरी फिट गरेको सुन एक्सरे मेसिनमा देखिएपछि विमानस्थलमा खटिएका प्रहरी र भन्सार कर्मचारीले फोडेर हेरेका थिए ।
पक्राउ परेका महराको स्थायी ठेगाना धनुषाको मिथिला नगरपालिकाका स्थानीय हुन् । कुकर कम्पनीमा नै सो सुन फिट गरेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस