मुख्य समाचार

भारतमा पहिलो पटक १ लाख १५ हजार बढी संक्रमित भेटिए

india corona

२५ चैत, काठमाडौं । भारतमा एकैदिन १ लाख १५ हजार नयाँ संक्रमित भेटिएका छन् । यसका साथै ४ अप्रिलमा भेटिएको १.०३ लाख बिरामीको रेकर्ड तोडिएको छ । पछिल्लो २४ घण्टामा ५९ हजार ७ सय बिरामी निको भएका छन् भने ६ सय ३० को मृत्यु भएको छ ।

यससँगै सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा २४ घण्टाभित्र सर्वाधिक ५४,७९५ को वृद्धि भएको छ । यसअघि अप्रिल ४ मा ५०,४३८ सक्रिय संक्रमित बढेका थिए । त्यतिबेला यो सबैभन्दा धेरै थियो ।

नयाँ संक्रमितमा सधैं झैँ सबैभन्दा बढी ५५,४६९ संक्रमित महाराष्ट्रमा भेटिए । ९,९२१ नयाँ संक्रमितसहित छत्तिसगढ दोस्रो नम्बरमा रह्यो । कूल सक्रिय संक्रमितमा पनि यो दुई राज्य शीर्ष २ मा छन् ।

महाराष्ट्रमा ४.७२ लाख, जबकी छत्तिसगढमा ५२,४४५ बिरामीको उपचार चलिरहेको छ । भारतमा हालसम्म करिब १.२८ करोड मानिस यो महामारीको चपेटमा आइसकेका छन् । यीमध्ये करिब १.१८ करोड निको भएका छन् भने १.६६ लाखले ज्यान गुमाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस