मुख्य समाचार

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गर्ने ९ जना पक्राउ

nepali congress bp

२५ चैत, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि खारेजको माग गर्दै नेपाली काँग्रेस (वीपी) ले गरेको प्रदर्शनका क्रममा ९ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा केन्द्रीय सदस्यहरु श्यामबहादुर गुरुङ, प्रद्युम्न कार्की, दुर्गा घिमिरे सहित नेताहरु रोमन पुरि, सर्वजित शेरचन, विरबहादुर बम्जन, धना आचार्य , रुकुमणि श्रेष्ठ र सुशिलराज वाग्ले रहेका छन् ।

नेपाल आयल निगमको गेटमा शान्तिपूर्ण धर्ना बस्दा प्रहरीले पक्राउ गरेर पुलिस क्लब भृकुटीमण्डपमा राखेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस