समाचार

फर्निचर उद्योगबाट सामान चोरी गरेको अभियोगमा ४ जना पक्राउ

arrest

२५ चैत, काठमाडौं । मोरङको कटहरी गाउँपालिका–१ पाथीभरा पेट्रोलपम्प अगाडी रहेको जय बैष्णु फर्निचर उद्योगबाट विभिन्न सामान चोरी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ वलुवाही बस्ने २३ वर्षीय लक्ष्मी यादव, सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन मुखिया, २७ वर्षीय धर्मेन्द्र राय र सोही महानगरपालिका–८ विश्वकर्मा चोक बस्ने २२ वर्षीय दिपेश कुमार राय रहेका छन् ।

उक्त फर्निचर उद्योगबाट चैत २१ गते फर्निचर बनाउन प्रयोग गरिने रन्दा मेसिन १ थान, हेण्डकटर १ थान, जेक्सो मेसिन १ थान , टिभी १ थान, मोवाईल १ थान, पानी तान्ने मोटर १ थान र विभिन्न हाते औजार चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई विराटनगर महानगरपालिका-८ बलुवाई स्वागत चोकबाट चोरी गरिएको सामान सहित पक्राउ गरेको हो ।

उनीहरुमाथि चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *